close

स्लिम हुँदै आईफोन

टेकपाना टेकपाना

माघ ८, २०७९ १४:५

स्लिम हुँदै आईफोन

काठमाडौं । आईफोनको फिफ्टिन सिरिजका स्मार्टफोनहरू अबको केही महिनामा नै सार्वजनिक हुने तयारीमा छ । गत वर्षदेखि नै चर्चामा आएको यो फोनको डिजाइनलाई लिएर फेरी नयाँ जानकारी बाहिरिएको छ ।

उक्त जानकारी अनुसार आईफोन फिफ्टिनको डिस्प्लेको साइज आईफोन  फोर्टिन सिरिजका स्मार्टफोनहरूको जस्तै हुनेछ । यद्यपि यो डिस्प्ले पहिलेको भन्दा पातलो र डिस्प्लेको किनारा घुमेको हुनेछ । एप्पलका उत्पादनको जानकारीहरू बाहिर ल्याउने स्रिम्प एप्पल प्रो (SrimpApplePro) ले आफ्नो ट्वीटरमा एक थ्रेड मार्फत आईफोन फिफ्टिनको डिस्प्ले डिजाइनको विषयमा जानकारी दिएको हो ।    

सबैभन्दा पहिले, उनले भनेका छन् कि आईफोन फिफ्टिन सिरिजमा पनि आईफोन फोर्टिन सिरिजका जस्तै डिस्प्ले साइज हुनेछ । उनका अनुसार आईफोन फिफ्टिन र आईफोन फिफ्टिन प्रोमा ६.१ इन्चको डिस्प्ले हुनेछ भने आईफोन फिफ्टिन प्लस र आईफोन फिफ्टिन अल्ट्रामा ६.७ इन्चको डिस्प्ले हुनेछ । साथै यो सिरिजका फोनहरूमा पातलो बेजल्स हुनेछ । 

साथै उक्त बेजल्सहरू कर्भ पनि हुनेछन् । यो फोनको डिजाइन केही हदसम्म आईफोन फाइभसीको जस्तै हुने बताइएको छ । आईफोन फोर्टिनले बजार तान्न नसकेपछि एप्पल हाल आईफोन फिफ्टिनको लागि काम गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १४:५