close

भारतको दिल्लीमा मोबाइल र इन्टरनेट बन्द

टेकपाना टेकपाना

पुस ३, २०७६ १५:६

भारतको दिल्लीमा मोबाइल र इन्टरनेट बन्द

भारतको राजधानी नयाँ दिल्लीका केहि स्थानमा मोबाइल डेटा, भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा बन्द भएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्ली सरकाले सेवा प्रदायकलाई निश्चित स्थानको सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

त्यसैका आधारमा सेवा प्रदायकले दिल्लीका केही स्थानमा फोन तथा इन्टरनेट सेवा बन्द गरेको त्यहाँको दूरसञ्चार कम्पनी एयरटेलले जनाएको छ । आफ्नो ट्वीटरमार्फत मोबाइल सेवा बन्द भएको विषय सार्वजनिक गरेको उसले अहिले उक्त ट्वीट भने डिलिट गरिसकेकाे छ ।

भारतमा नागरिकता कानूनकाे संशोधनमा छिमेकी राष्ट्रबाट शरण लिन आउने हिन्दू, जैन, बौद्ध, सिख, फारसी र इसाई समुदायका ब्यक्तिलाई भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ । यसैको विरोधमा दुई सातादेखी भारतका विभिन्न स्थानमा प्रर्दशन चर्किरहेको छ ।

संशोधित विधेयकले यहि महिनाको सुरुवातमै भारतको दुबै सदनबाट पारित भइ कानुनकाे रुप लिइसकेको छ । त्यसमा ३१ डिसेम्बर २०१४ सम्म भारत प्रवेश गरेका शरणार्थीले भारतीय नागरिकता पाउने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१