close

आफ्नै अपरेटिङ सिस्टम बनाउँदै फेसबुक

टेकपाना टेकपाना

पुस ४, २०७६ १२:६

आफ्नै अपरेटिङ सिस्टम बनाउँदै फेसबुक

फेसबुक सामाजिक सञ्जालसँगै हार्डवेयरमा पनि लगानी विस्तार गरिरहेको छ भन्नु कुनै अनौठो विषय होइन । यसको उदाहरण ओकुलस भीआर हेडसेट हो ।

यी सबै एन्ड्रोइडको मोडिफाइड भर्सनमा सञ्चालित छन् । तर, अब फेसबुकले एन्ड्रोइडलाई पन्छाएर आफ्नै अपरेटिङ सिस्टम ‘फेसबुक ओएस’ निमार्ण गरिरहेको छ ।

नाम ‘फेसबुक ओएस’नै राख्ने नराख्ने भन्ने विषयमा पूर्ण जानकारी नआए पनि फेसबुकले आन्तरिक रुपमा आफ्नै ओएस निमार्णको लागि काम गरिरहेको खबर भने सार्वजनिक भएको छ । जसलाई उसेले आफ्ना उत्पादनमा प्रयोग गर्नेछ ।

फेसबुकले निमार्ण गर्न लागेको ओएस सिस्टमको नेतृत्व माइक्रोसफ्टका पूर्व कर्मचारी तथा विन्डोज एनटी अपरेटिङ सिस्टमका सह–निर्माता मार्क लुस्कोभस्कीले गरेका छन् ।

फेसबुकका एआर तथा भीआर प्रमुख फिकस क्रिकप्याट्रीकले फेसबुकको एआर र भीआर परियोजनको विषयमा बोल्ने क्रममा फेसबुक ओएसको विषय खुलाएका हुन् । उनले फेसबुक ओएस बनाउने क्रममा रहेको नभने पनि गुगलको एन्ड्रोइडलाई विस्थापित गरेर जाँदा फेसबुकलाई फाइदा हुने उल्लेख गरेका छन् ।

द इन्फर्मेशनले तयार पारेको प्रतिवेदनका अनुसार फेसबुकले एप्पलको आईओएसको ‘वाल गार्डेन’ अवधारणामा अघि बढन् सक्ने छ । यसको अर्थ फेसबुकले आफ्नो इकोसिस्टमको कन्ट्रोल आफैसँग राख्न चाहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१