close

अनुसन्धान र विकासमा करीब ८ खर्ब लगानी गर्दै ओप्पो

टेकपाना टेकपाना

पुस ४, २०७६ ११:२९

अनुसन्धान र विकासमा करीब ८ खर्ब लगानी गर्दै ओप्पो

चिनियाँ मोबाइल निर्माता ओप्पोको आयोजनामा ‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’ नाममा डेभलपर्स कन्फरेन्स (ओडीसी) सुरु भएको छ । सम्मेलन मार्फत कम्पनीले डेभलपर्स तथा साझेदारसँगको सहकार्यमा नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमका लागि विभिन्न तीन ओटा कार्यक्रम अगाडि सारेको छ ।

जसअन्तरगत डेभलपर सपोर्ट प्रोग्राम ‘ग्राभिटी प्लान २.०’का लागि कम्पनीले आरएमबी १ बिलियन (करिब १६ अर्ब १६ करोड १४३ मिलियन) लगानी छुट्याएको छ । यससँगै ‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी ईन्जिन्स’ र ‘आईओटी ईनेबलमेन्ट प्लान’ कार्यक्रम समेत कम्पनीले सञ्चालन गर्नेछ ।

आगामी तीन बर्षमा ओप्पोले हार्डवेयर, सफ्टवेयर र सिस्टमका साथै, फाइभजी, एआई, एआर, बिग डाटा र अन्य नयाँ प्रविधिको विकास तथा निर्माणका लागि आफ्नो अनुसन्धान र विकास (आरएण्डडी) कार्यक्रमअन्तर्गत चिनियाँ मूल्य ५० बिलियन (करीब आठ खर्ब नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा ओप्पोले यस अघि नै गरिसकेको छ ।
आफ्नो अपरेटिङ सिस्टम कलरओएसमा हाल ३२ करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको भन्दै ओप्पोले त्यसमा हाल एक लाख २० हजार भन्दा बढीको संख्यामा डेभलपर्सले आवद्ध भएको जनाएको छ ।

यसैगरी डेभलपर्सलाई ओप्पोको सिस्टम (लेभल क्यापेबिलिटी)मा आवद्ध हुन थप सहज तथा छरितो हुने गरी हाइपर बुस्ट, क्यामेरायूनिट, मिडियायूनिट र एआरयूनिट क्यापेबिलिटिज् सहितको ‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी एक्स्पोजर ईन्जिन्स’ समेत सार्वजनिक गरेको छ ।

‘ओपन प्ल्याटफर्म’ मार्फत भरखरै अपग्रेड गरिएको हेथिङ्स आईओटी सेवा खुला सञ्चालनमा ल्याउने योजना समेत कम्पनीले बनाएको छ ।
ओप्पोे निकट भविस्यमा नै स्मार्टवाच, ओप्पो वाचका साथै आफ्ना पार्टनर्ससंग बलियो ईकोसिस्टम निर्माणका लागि रणनीतिक उपकरणका रुपमा हेल्थ प्ल्याटफर्म समेत सार्वजनिक गर्ने योजनामा रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१