close

ईमेलको पासवर्ड फेर्न लाइन लागे जर्मनीका विद्यार्थी, यस्तो छ कारण

टेकपाना टेकपाना

पुस ४, २०७६ १२:५४

ईमेलको पासवर्ड फेर्न लाइन लागे जर्मनीका विद्यार्थी, यस्तो छ कारण

सुन्दा अचम्म लाग्छ, ईमेलको पासवर्ड परिवर्तन गर्नु व्यक्तिगत र गोप्य काम हो । तर, जर्मनीमा एक विश्वविद्यालयका विद्यार्थी भने लाम लागेर आफ्नो ईमेलको पासवर्ड परिवर्तन गराइरहेका छन् ।

जर्मनीको जस्टुस लाइबिङ विश्वविद्यालयको साइबर प्रणालीमा ह्याकरले पहुँच पाएपछि त्यहाँका करिब ३८ हजार विद्यार्थीहरु लाइन लागेर विश्वविद्यालयले प्रदान गरेको इमेलको पासवर्ड परिवर्तन गरिरहेका छन् ।
डिसेम्बर ८ मा भएको साइबर आक्रमणले पूरा विश्वविद्यालयलाई नै इन्टरनेटको पहुँच बाहिर राखेको थियो ।

विश्वविद्यालयभित्रैका विद्यार्थीको सहयोगमा ह्याकरले पहुँच पाएको शंकाको आधारमा विश्वविद्यालयले हरेक विद्यार्थीलाई उपस्थित गराएर इमेलको पासवर्ड परिवर्तन गराएको हो ।

पासवर्ड परिवर्तनको लागि जाँदा विद्यार्थीले आफ्नो परिचय पत्र सहित जानुपर्ने भन्दै विश्वविद्यालयले विज्ञप्ती जारी गरेको छ । सबै विद्यार्थीको पासवर्ड परिवर्तन गर्न ५ दिन जति लाग्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१