close

नोकियाको सस्तो स्मार्टफोन नेपालमा, यस्तो छ फिचर

टेकपाना टेकपाना

पुस ४, २०७६ १८:६

नोकियाको सस्तो स्मार्टफोन नेपालमा, यस्तो छ फिचर

मोबाइल निर्माता कम्पनी नोकियाले नेपालमा ‘नोकिया २.३’ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकियाको आधिकारिक बिक्रेता टेलिटक प्रालीले उक्त स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो ।

सस्तो अर्थात इन्ट्री लेभलको उक्त स्मार्टफोनमा ६.२ एच डी प्लस स्क्रिन, डुअल क्यामरा र दुई दिनसम्म टिक्ने शक्तिशाली ब्याट्री रहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित डुअल क्यामेरा रहेको नोकिया २.३ मा रेकमन्डेड सट फिचर समावेश छ ।

जसमा १३ मेगापिक्सेल प्राइमरी सुटर तथा दुई मेगापिक्सेलको डेप्थ सेन्सर राखिएको छ । अगाडि पट्टी पाँच मेगापिक्सेलको वाटर ड्रप नचमा सेल्फी सुटर छ । एन्ड्रोइड टेनमा आधारित यो मोबाइलमा तीन वर्षसम्म मासिक रुपमा सेक्युरिटी अपडेट तथा दुई वर्षसम्म एन्ड्रोइड अपडेट समेत सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।

हेलियो ए २२ क्वाड कोर प्रोसेसर प्रयोग गरिएको मोबाइलमा दुई जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको छ । मेमोरीकार्डमार्फत स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ । अन्तराष्ट्रिय मूल्य १०९ यूरो रहेको नोकिया २.३ नेपालमा ११ हजार ९९९ रुपैयाँमै उपलब्ध हुने बिक्रेता टेलिटकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१