close

गुगल एप बिनै पीफोर्टी स्मार्टफोन ल्याउँदै हुवावे

टेकपाना टेकपाना

पुस ५, २०७६ ११:५६

गुगल एप बिनै पीफोर्टी स्मार्टफोन ल्याउँदै हुवावे

यो कुनै नौलो र आश्चयजनक विकास होइन, हुवावेले गुगल मोबाइल सर्भिस (जीएमएस) बिना नै आफ्नै हुवावे मोबइल सर्भिस (एचएमएस) मा आधारित भएर नयाँ पीफोर्टी तथा पी फोर्टी प्रो सार्वजनिक गर्ने भएको छ ।
त्यसो त यो चिनियाँ मोबाइल निर्माता कम्पनीेले अमेरिकी ब्यापार प्रतिबन्धका कारण गत सेप्टेम्बरमा एन्ड्रोइडमा तर जीएमएस बाट एचएमएसमा स्वीच आउट गर्दै मेट थर्टी र मेत थर्टी प्रो सार्वजनिक गरेको थियो ।

गत मे महिनामा अमेरिकाको वाणीज्य विभागले हुवावे माथि गुगल लगायतका अमेरिकी कम्पनीबाट प्रविधि लैजान रोक लगाएको थियो । सीनेटसँगको कुरकानीमा हुवावेका उपभोक्ता प्रमुख रिचार्ड यूले पी फोर्टी र पी फोर्टी प्रो हुवावेको ईएमयूआई इन्टरफेस लेयरमा आधारित भएर एन्ड्रोइड टेनमा चल्नेछ, तर त्यो जीएमएसको साटोमा आउने बताएका छन् ।

यसको मतलव ती मोबाइलमा गुगल प्ले स्टोर, जीमेल, युट्युब र गुगल म्याप हुनेछैन । यद्यपी, ओपन सोर्स सफ्टवेयर प्रयोग गर्न स्वतन्त्र नै छ । गुगलले हुवावेलाई जीएमएस प्रयोग गर्ने लाइसेन्स जारी गर्न समेत सक्दैन । जसले गुगल प्लेस्टोरबाट एप डाउनलोड गर्न चाहने नयाँ खरीदकर्तालाई जटिलता थप्नेछ ।

हुवावेले आगामी २०२० को पहिलो चार महिनाभीत्रै पीफोर्टी र पी फोर्टी सार्वजनिक गर्ने योजना बनाएको छ । युका अनुसार पी सिरिजका नयाँ मोबाइलमा ‘अहिलेसम्म नदेखिएको’ डिजाइनको साथमा अझ उत्कृष्ट क्यामेरा, फर्फरमेन्स र एआई फिचरहरु रहनेछन् ।

जीएमएसको अभावमा हुवावेका नयाँ फोनमा गुगल प्ले स्टोरमा रहेका ३० लाख एपको ठाउँमा केवल हुवावेको एप स्टोरका ४५ हजार एपमा निर्भर हुनुपर्नेछ । यद्यपी, अन्य एपका लागि फरक किसिमका विकल्प अपनाउनुपर्नेछ, जुन परम्परागत रुपमा प्लेस्टोरबाट सहजै डाउनलोड गरेभन्दा केही जटिल हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१