close

सुरक्षा कमजोरी फेला पार्नेलाई एप्पलले एघार करोडसम्म दिने

टेकपाना टेकपाना

पुस ५, २०७६ ११:३६

सुरक्षा कमजोरी फेला पार्नेलाई एप्पलले एघार करोडसम्म दिने

एप्पलले आफ्ना उत्पादनमा सुरक्षा कमजोरी(बग) फेला पार्नेलाई पुरस्कृत गर्ने भएको छ ।

हालै सार्वजनिक भएका र प्रयोगमा आइसकेका आईओएस, आईपोडओएस, म्याकओएस, वाचओएसमा कुनै किसिमको सुरक्षा कमजोरी फेला पार्नेलाई एप्पलले एक करोडदेखि ११ करोड रुपैयाँ(एक लाख डलरदेखी १० लाख डलर)सम्म नगद पुरस्कार दिने कार्यक्रम ल्याएको हो ।

एप्पलले खासगरी आफ्नो आईक्लाउड, डिभाइस तथा नेटवर्कमा हुने सुरक्षा आक्रमण पत्ता लगाउनेलाई त्यस्तो पुरस्कार दिने जनाएको छ ।

तर पुरस्कार मूल्य बगको प्रकृति अनुसार फरक हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१