स्मार्ट टेलिकमले जति डेटा लियो त्यति नै डेटा सित्तैमा पाइने नयाँ सुविधा सार्वजनिक गरेको छ । डबल डेटा अफर नाम दिइएको नया सुविधा अनुसार स्मार्टका प्रयोगकर्ताले एक जीबी डेटा प्याक खरिद गर्दा अर्को एक जीबी डेटा सित्तैमा पाउनेछन ।
स्मार्टले यसको मूल्य करबाहेक ८९ रुपैयाँ तोकेको छ । यस्तो डेटा १५ दिनभित्र प्रयोग गर्नुपर्नेछ । स्मार्टका प्रयोगकर्ताले *१४१*३*१*३# डायल गर्नुपर्नेछ ।
देशको तेस्रो ठुलो दुरसञ्चार सेवा प्रदायक स्मार्टले अहिले काठमाडौ उपत्यासहित आसपासका क्षेत्रमा फोर जी सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका हाल साढे २ लाख फोरजी ग्राहक छन ।