close

सकियो रोबोटको फुटबलदेखी स्मार्ट होमसम्मको प्रदर्शनी

टेकपाना टेकपाना

पुस ६, २०७६ १४:३३

सकियो रोबोटको फुटबलदेखी स्मार्ट होमसम्मको प्रदर्शनी

आईसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शनिबार सम्पन्न भएको छ । काठमाडाैंको प्रेसिडेन्टियल विजनेश स्कुलमा आयोजित दुई दिने स्टार्टअप मेलामा ५० भन्दा बढि स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट प्रदर्शनमा राखिएका थिए ।

कार्यक्रममा उदाउँदो प्रविधिका विभिन्न विषयमा वर्कशप तथा उद्यमशिलताको विषयमा कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । मेलामा रोबोटहरुको फुटबल प्रतिस्पर्धामा रोबोनट्स तथा कान्तिबिर समुह विजेता हुँदै २० हजार नगद सहित सिल्ड प्राप्त गरेका छन् । त्यसैगरी फाइनलमा एडभान्स रोबो क्लब पहिलो रनरअप भएको थियो ।

विद्यार्थीेहरुका प्रोजेक्टमध्ये एनसीआईटी कलेजका विद्यार्थीले बनाएको स्मार्ट होम नामक प्रोजेक्टले बेस्ट स्टुडेन्ट प्रोजेक्ट अवार्ड जितेको थियो । विजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव विरेन्द्रकुमार मिश्र र प्रेसिडेन्टियल कलेजका अध्यक्ष लक्ष्मण केसीले पुरुस्कार प्रदान गरेका थिए ।

प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको एग्रिकल्चर ड्रोनको विशेष आकर्षण रहेको थियो । शम्भु शिवाकोटी लगायतको समुहले तयार पारेको ड्रोनले खेतीको सिचाईं गर्न सक्छ । यसैगरी नेपालीहरुले नै तयार पारेको रकेट, नास्टको नानो सेटेलाइटको विशेष प्रदर्शनी गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१