close

गुगल, फेसबुक जस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीका कर्मचारीको तलब कति होला ?

टेकपाना टेकपाना

पुस ६, २०७६ १८:९

गुगल, फेसबुक जस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीका कर्मचारीको तलब कति होला ?

वित्तीय संकटपछि अर्थात आजभन्दा करीब एक दशक अघि अमेरिकी संसदले एउटा कानून पारित गर्‍यो । जसमा पब्लिक ट्रेड कम्पनीहरुले आफ्ना कर्मचारीहरुको औषत तलबको रिपोर्ट बुझाउनु पर्ने थियो । उक्त रिपोर्टलाई सीईओ (प्रमुख कार्यकारी अधिकृत) को तलबसँग तुलना गर्नुपर्ने व्यवस्था पनि गरिएको थियो ।

त्यस कानूनको उदेश्य कर्पोरेट पहुँच र तलबको असमानतालाई उजागर गर्नु थियो । जसबाट आर्थिक संकटलाई कम गर्न एक्जुकेटिभ कम्पेन्सेसन प्याकेजलाई घटाउने उद्देश्य पनि राखिएको थियो । गत वर्ष उक्त व्यवस्था धेरै कम्पनीहरुले कार्यान्वयनमा ल्याए । अहिले दोस्रोपटक टेक कम्पनीहरुले आफ्नो औसत तलबको रिपोर्ट बुझाउँदै गर्दा, तथ्यांकले देशकै उच्च तलब खाने केही कर्मचारीको कम्पेन्सेसनको अवस्था देखाएको छ ।

त्यतिमात्र नभएर उक्त तथ्यांकले दशौं हजारौं मानिसहरुको तलबलाई एकल एकाईमा घटाउनुको बेफाइदालाई पनि उजागर गरेको छ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटमा गत वर्ष औसत तलब २५ प्रतिशतले बढ्दै २ लाख ४६ हजार ८ सय ४ अमेरीकी डलर अर्थात २ करोड ८० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

वायर्ड का अनुसार दर्जनौं प्रविधि कम्पनीहरुको तुलनामा त्यो सबैभन्दा ठूलो वृद्धि मात्र नभएर उच्च भुक्तानी पनि हो । अल्फाबेटका प्रवक्ताका अनुसार उक्त वृद्धिले कम्पनी स्टकदेखि स्टक विकल्प वितरण गर्ने नीतिमा स्थानान्तरण भएको प्रतिविम्बित समेत गरेको छ । यस विपरित फेसबुकले भने गतवर्ष धेरै किसिमको संकटको सामना गर्नुपर्‍यो ।

अहिले फेसबुकले नयाँ कर्मचारी भर्तिका लागि संघर्ष गरिरहेको छ । यसरी हेर्दा नियुक्तीमा त्यस्ता कम्पनीहरुमा कर्मचारी आफ्नो तलब वृद्धि गर्ने अनुमान गर्छन् । तर फेसबुकले गत वर्ष आफ्ना कर्मचारीको औषत तलब ५ प्रतिशतले घटाएर २ लाख २८ हजार ६ सय ५१ डलरमा अर्थात करीब २ करोड ५९ लाख ५२ हजार रुपैयाँमा झारेको बताएको छ । वायर्डका अनुसार विश्लेषणमा परेका कम्पनीहरुमध्ये यो सबैभन्दा ठूलो कटौति हो । प्रवक्ताले त्यस्तो कटौतिको पछाडि कुनै निश्चित कारण नभएको बताएका छन् ।

सिलिकन भ्याल्लीका प्रमुख मानव संसाधन परामर्शदाता भ्यालरी फ्रेडेरिक्सन भन्छिन्, ‘मानिसहरु अझै फेसबुकमा काम गर्न चाहान्छन् । यसमा अचम्म मान्नुपर्ने कुरा छैन । मानिसहरु यहाँ काम गर्नका लागि तलबमा ठूलो कटौती गर्न पनि सहमत रहेको मैले देखेकी छु ।’

समग्रमा संकलित तथ्यांकले ठूला प्रविधि कम्पनीहरुले राम्रो भुक्तानी गरिरहेको उजागर गर्छ । ट्वीटर, स्क्वायर, मानव संसाधन सम्बन्धि सफ्टवेयर निर्माता वर्कडे र ग्राफिक्स चिप निर्माणकर्ता भिन्डीयाको रिपोर्ट अनुसार यी कम्पनीहरुको मध्यम कर्मचारी भुक्तानी २०१८ मा डेढ लाख डलर नाघेको छ ।

सरकारी तथ्यांकले देखाए अनुसार सान फ्रान्सिस्को खाडी क्षेत्रमा सफ्टवेयर इंजिनियरको औसत तलब गत वर्ष १ लाख ४० हजार डलर रहेको थियो । जुन राष्ट्रिय औषत आय एक लाख ४ हजार भन्दा धेरै माथि थियो । फ्रेडिरिकसन भन्छन्, ‘यो एउटा प्रतिस्पर्धी वातावरण हो, सीईओहरुले व्यवसाय खेल्नका लागि कर्मचारीलाई राम्रो भुक्तानी गर्नुपर्ने रहेछ भनेर बुझ्न थालेका छन् । आफूहरुले खोजेजस्तो श्रमशक्ति पाउनका लागि राम्रो रकम भुक्तानी गर्न पर्छ भनेर उनीहरुले महसुस गर्न थालेका छन् ।’

टेक कम्पनीको कर्मचारीलाई भुक्तान गर्ने तलबको आधारमा उनीहरुको व्यवसाय र व्यवसायलाई सञ्चालन गर्ने तरिकको फरकपनालाई देखाउँछ । उदाहरणका लागि गुगल कम्पनीले कर्मचारीलाई दिने औसत तलब धेरै छ किनभने उसले आफ्नो कम्पनीमा अस्थाई तथा करारका कर्मचारी राख्दैन । गत वर्ष ब्लुमबर्गको रिपोर्टले गुगलमा काम गर्ने आधाभन्दा धेरै मानिसहरु कर्मचारी नभएको बताएको थियो ।

यस्तै अमेजनमा औसत तलब तुलनात्मकरुपमा एकदमै कम रहेको छ । त्यहाँको औसत तलब २८ हजार ८ सय ३६ डलर रहेको छ । अमेजन कम्पनीका अधिकांश कर्मचारीहरुले सफ्टवेयर बनाउँदैनन् तर अन्वेषणलाई व्यवस्थापन गर्ने र वेयरहाउसको अर्डरलाई पुरा गर्ने काम गर्छन् ।

एकजना अधिकारीले बताए अनुसार अमेजनको अमेरिकी कर्मचारीहरुको मेडियन पे गत वर्ष ३५ हजार ९६ डलर रहेको थियो । नोभेम्बर १ मा कम्पनीले आफ्नो न्यूनतम अमेरिकी तलबलाई प्रति घण्टा १५ डलरले बढाएको थियो ।

टेल्सा डिट्टो, यसको एक तिहाई कर्मचारीहरु एसेम्बल प्लान्ट्समा काम गर्छन् । यो विद्युतिय कार निर्माणकर्ता कम्पनीको औसत तलब गत वर्ष ५६ हजार १ सय ६३ थियो जुन २०१७ देखि २.५ प्रतिशतले बढेको थियो ।

माईक्रोसफ्टमा विशेषतः सफ्टवेयर कर्मचारीहरु धेरै रहेका छन् । २०१८ को आर्थिक वर्षमा औसत तलब एक लाख ६७ हजार ६ सय ८९ डलर रहेको छ । त्यसको तुलनामा एप्पलको खुद्रा स्टोरमा काम गर्ने कर्मचारीको औसत तलब ५५ हजार ४ सय २६ डलर रहेको छ ।

टेक कम्पनीहरुमा कर्मचारी र सीईओले पाउने तलबको रेसियो त्यति अर्थपूर्ण छैन । अल्फाबेटको सीईओ ल्यारी पेजको वार्षिक तलब र फेसबुकको सीईओ मार्क जुकरबर्गको तलब ? एक सिंगल डलर ।


एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१