close

कहिले आउला नयाँ पोकोफोन ?

टेकपाना टेकपाना

पुस ७, २०७६ १६:१२

कहिले आउला नयाँ पोकोफोन ?

सन् २०१८ मा साओमीको सहायक ब्राण्ड पोकोले पोकोफोन एफवान सार्वजनिक गरेको थियो । उक्त फोन सार्वजनिक हुँदा स्मार्टफोन बजारमा नयाँ तरंग नै पैदा भयो ।

स्न्यापड्रागन ८४५ एसओसी चिप सेट रहेको फोनमा ६ र ८ जीबीको र्‍याममा राखिएको थियो । मोबाइल ६४ र १२८ र २५६ जीबी स्टोरेज विकल्प सहित उपलब्ध थियो । जसको नेपाली बजार मूल्य २९ हजार नौं सय ९९ बाट सुरु थियो ।

मोबाइलमा प्रयोग भएको नवीनतम् प्रविधि र त्यसको मूल्यले ग्राहकलाई आकर्षित गर्न सफल भएको थियो । जसको प्रतिफल पोकोफोन एफवान ले पहिलो वर्षमै राम्रो सफलता हात पार्‍यो ।

पहिलो उत्पानमा राम्रो सफलता हात पारेको कम्पनीले ग्राहकलाई दोस्रो उत्पादन भने अझै दिन सकेको छैन । जसले गर्दा ग्राहकले चाहेर पनि नयाँ फोनमा अपग्रेड हुन पाएका छैनन् । कतिपय ग्राहकले यसको विषयमा सामाजिक सञ्जालमार्फत कम्पनीलाई प्रश्न पनि गरिरहेका छन् ।

यसै क्रममा कम्पनीले पोकोफोन पारखीहरुलाई केही राहत दिने विषय सार्वजनकि गरेको छ । त्यो पनि पोकोफोनका प्रमुख एल्भीन से बाटै । यसको अर्थ पोकोफोन एफ टु नै आउँछ भन्ने त छैन । तर, उनले एक प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफमा सन् २०२० मा पोको ब्राण्डबाट केही नयाँ स्मार्टफोन आउने जनाउ दिएका छन् । पोको एफ टू नै त नआउला तर पोको ब्राण्डबाट सन् २०२० मा ग्राहकले केही अपेक्षा गर्नसक्ने ठाउँ देखिएको छ ।

यद्यपी उक्त ट्वीट भने अहिले हटाइएको छ । से ले साओमीको नयाँ उत्पादन नोट ८ प्रो को फोटोमा धन्यवाद भन्दै गरेको उक्त पोष्टमा उनलाई पोको ब्राण्डको विषयमा प्रश्न सोधिएको थियो । सोही प्रश्नको जवाफमा लेखिएको ट्वीट नै उनले हटाएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१