close

एक घण्टाभीत्र रिचार्जर एप डाउनलोड गर्नेलाई २ ओटा क्रिसमस क्याप निःशुल्क

टेकपाना टेकपाना

पुस ७, २०७६ १४:५४

एक घण्टाभीत्र रिचार्जर एप डाउनलोड गर्नेलाई २ ओटा क्रिसमस क्याप निःशुल्क

मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ । एण्ड्रोइड तथा गुगल प्ले स्टाेरबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप निःशुल्क उपलब्ध गराउने भएको हो ।

डिसेम्बर २३ सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्नु पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले बताए । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी अकाउण्ट खोलेपछि प्रयोगकर्ताले १०० क्यास प्वाइन्ट पाउने छन् । यसरी आउने क्यास प्वाइन्टबाट प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुईवटा क्रिसमस क्याप अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्याप अर्डर गर्दा थप शुल्क लाग्ने छैन । प्रयोगकर्ताले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्नुपर्ने बताइएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको जानकारी समेत दिएको छ ।

अहिले विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट २४ सै घण्टा नाईट फुड सर्भिस अर्डर गर्न सक्छन् भने स्वदेशी तथा बिदेशी दुबै किसिमका पर्यटकलाई लक्षित गर्दै अफरहरु सार्वजनिक हुने क्रममा रहेको बताइएको छ । पर्यटकले भ्रमण वर्षको अफर रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । स्वदेशी तथा पर्यटकहरुले रिचार्जरबाट २० हजारदेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु पाउनेछन् ।

अहिले डाउनलोड गर्नुस्, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज बराबरकै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छूटको रुपमा प्रयोग गर्न सकिन्छ ।

सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिने कम्पनीको दाबी छ । त्यसैगरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१