close

‘कोहलपुर एक्सप्रेस’ अब आईफ्लिक्समा

टेकपाना टेकपाना

पुस ८, २०७६ १०:३७

‘कोहलपुर एक्सप्रेस’ अब आईफ्लिक्समा

आईफ्लिक्सले कोहलपुर एक्सप्रेस प्रदर्शन गर्ने घोषणा गरेको छ । पुस ७ बाट आईफ्लिक्सका सब्सक्राइबरहरुले यो चलचित्र हेर्न र डाउनलोड गर्न सक्नेछन् ।

विशाल भण्डारीद्धारा निर्देशित यो चलचित्रमा तीनजना महिलाले आफ्नो भाग्य बनाउन गरेको संघर्षको कथालाई चित्रण गरेको छ । केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारहरुले अभिनय गरेको यो चलचित्रमा दुखीको जीवनमा कसरी थप दुःख थपिँदै जान्छ भन्ने कुरा देखाइएकाे छ ।

शत्रुगते, प्रेमगीत २, वीरबिक्रम, क्री, जात्रै जात्रा, जोनी जेन्टलम्यान, द ब्रेकअप, पण्डित बाजेको लौरीजस्ता चर्चित नेपाली चलचित्रहरुको संग्रहमा कोहलपुर एक्सप्रेस पनि थपिएको छ । आईफ्लिक्समा क्रसरोड, सिपाहीकी स्वास्नी, रिजन, थर्ड ल र अन्य धेरै सामाग्रीहरु पनि उपलब्ध छन् ।

विश्वको विकासशील बजारमा आईफ्लिक्स एउटा मनोरञ्जनात्मक एपकाे रुपमा रहेकाे छ । यसले हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवा दिँदै आएको छ । कमेडी, ड्रामा, के–ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउड, संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा रहेको यो प्लाटफर्ममा महिनाको एकपल्ट फि तिरेर ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी लगायतका डिभाइसमा हेर्न पाउँछन् ।

हाल आईफ्लिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराईन, साउदी अरेबिया, जोर्डन, इराक, लेबनन, इजिप्ट, सुडान, कम्बोडिया, नाईजेरिया, घाना र नेपालमा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१