close

रुसले बनायो आफ्नै इन्टरनेट, बाँकी विश्वसँग जुनसुकै बेला अलग हुन सक्ने

टेकपाना टेकपाना

पुस ८, २०७६ १५:३३

रुसले बनायो आफ्नै इन्टरनेट, बाँकी विश्वसँग जुनसुकै बेला अलग हुन सक्ने

रुसले आफ्नै इन्टरनेट अथार्त इन्ट्रानेट सिस्टम बनाउन सफल भएको छ । वर्ल्ड वाइड इन्टरनेटबाट विच्छेद गरेर विभिन्न चरणमा भएको सिस्टमको परीक्षण सफल भएको रुसी सरकारले जानकारी दिएको हो ।

आफ्नो देशको इन्टरनेट पूर्वाधार (रुनेट) अन्तराष्ट्रिय डीएनएस सिस्टम तथा बाहिरी इन्टरेनट बिना काम गर्न सक्छ वा सक्दैन भन्ने विषयमा रुसले परीक्षण गरेको थियो । अघिल्लो हप्ताबाट सुरु भएको उक्त परिक्षण धेरै दिनसम्म चलेको थियो । जसमा रुसी सरकारी संस्था, देशका टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सहभागिता रहेको थियो ।

यो सँगै ‘रुनेट’ विश्वकै सबैभन्दा ठुलो इन्ट्रानेट बनेको छ । रुसी सरकाले उक्त परिक्षणको प्राविधिक विषय भने सार्वजनिक गरेको छैन् । विश्व इन्टरनेटबाट विक्षेद हुँदाको अवस्था कस्तो थियो तथा त्यस सन्दर्भको साइबर सुरक्षाको अवस्थाको विषय समेत खुलाएको छैन ।

प्राविधिक जानकारी बाहिर नल्याए पनि के चाहिँ प्रष्ट भएको छ भने रुसका टेलिकम सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक कम्पनीहरु विश्व इन्टरनेटबाट जुन सुकै सयम बाहिरिन सक्छन् । रुसले विश्व इन्टरनेटबाट कुनै दिन सुरक्षा चुनौती आएको खण्डमा त्यसबाट बाहिरिएर इन्ट्रानेटबाट निरन्तर सेवा दिन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१