close

चलचित्र ‘गोपी’ युटुबकाे ट्रेन्डिङमा

टेकपाना टेकपाना

पुस ८, २०७६ १६:८

चलचित्र ‘गोपी’ युटुबकाे ट्रेन्डिङमा

नेपाली चलचित्र गोपी युटुबमा सार्वजनिक भएको छ । विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत लगायतको अभिनय रहेको तथा दीपेन्द्र लामाद्धारा निर्देशित उक्त चलचित्र सोमबारदेखि युटुबमा राखिएको हो ।

युरोप-अमेरिका नगई स्वदेशमै व्यवसायिक पशुपालनलाई गर्न तम्सिएको युवाको जीवनमा आइपर्ने अप्ठ्यारालाई चलचित्रको कथावस्तुमा समेटिएको छ । सार्वजनिक भएको एक दिनमै युटुबको ५ नम्बर ट्रेन्डिङमा स्थान बनाउन सफल चलचित्र यो समाचार तयार पार्दा सम्म ५ लाख ५३ हजारभन्दा बढीले हेरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१