close

सैनिक विज्ञान प्रविधि प्रतिस्पर्धा वैशाख १९-२० मा, सहभागिताका लागि १ साताभित्र आवेदन दिइसक्नुपर्ने

टेकपाना टेकपाना

पुस ८, २०७६ १९:३५

सैनिक विज्ञान प्रविधि प्रतिस्पर्धा वैशाख १९-२० मा, सहभागिताका लागि १ साताभित्र आवेदन दिइसक्नुपर्ने

नेपाली सेनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत नव प्रतिभाहरुलाई पहिचान गरी प्रोत्साहन गर्न सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धा गराउने भएको छ । शैक्षिक संस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैन्य विज्ञान तथा प्रविधि विकासमा सघाउ पुर्‍याउने उद्देश्यका साथ आगामी वैशाख १९ र २० गते दोस्रो सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धाको हुने भएको हो ।

प्रतिस्पर्धामा सहभागी हुन चाहनेहरु व्यक्ति तथा संघ संस्थाहरुले नेपाली सेनाको वेबसाइट मार्फत प्रस्ताव पेश गर्न सक्नेछन् । यसअघि पौष ८ गतेसम्म आवेदन बुझाउन सकिने अन्तिम म्याद तोकेको सेनाले पुष १५ सम्मका लागि म्याद थप गरेको छ ।

प्रतिस्पर्धाको विषयमा विभिन्‍न कलेज तथा संघसंस्थामा जानकारी मूलक प्रस्तुति तथा छलफल समेत गरिएको जंगी अड्डा अन्तरगतको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । छलफलबाट प्राप्त सुझाव तथा मागका आधारमा रजिष्ट्रेसन तथा प्रस्ताव पेश गर्न यस अघि तय गरिएको तालिकामा फेरबदल गरिएको हो ।

यसबाट सहभागिताको संख्या उल्लेख्य बृद्बि हुने अपेक्षा निर्देशनालयले व्यक्त गरेको छ । आवेदनका आधारमा २० पुषमा सहभागिताको टुङ्गो लाग्ने छ भने आगामी फागुन पहिलो सातासम्म प्राप्त प्रस्तावको मध्यावधी मूल्याङ्कन सम्पन्न हुनेछ । त्यस आधारमा नयाँ वर्षको वैशाख पहिलो साता सहभागीहरुले आफ्नो प्रस्तावको अन्तिम विवरण बुझाउनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१