close

पठाओ र टुटल जस्तै ‘हूप’को इन्ट्री, के छ फरक ?

टेकपाना टेकपाना

पुस १०, २०७६ १०:१२

पठाओ र टुटल जस्तै ‘हूप’को इन्ट्री, के छ फरक ?

राईड सेयरिङ सेवा पठाओ र टुटल जस्तै अब ‘हूपराईड’ नेपाली यात्रुको नयाँ विकल्पको रुपमा देखा परेको छ । टुटल र पठाओले कानूनी चुनौतिको सामना गरिरहेका बेला बजारमा त्यस्तै किसिमको सेवा दिनेगरी नयाँ कम्पनी थपिएको हो।

निजी सवारीसाधन यात्रु ओसारपोसार गर्ने माध्ययमको रुपमा प्रयोग गर्न नपाउने परम्परागत कानुनी व्यवस्थाले यस टुटल पठाओले अनेक किसिमको सास्ती व्यहाेरिरहेका छन् । जसका कारण टुटल र पठाओको सेवामा असर परेको छ । सोचेअनुसार सेवा विस्तार गर्न सकिरहेक छैनन् ।

यसैबिचमा मंगलबारबाट हूपको सुवा सुरु भएको हो । यसको पहिलो रोजाइमा पनि मोटरसाइकल नै परेको छ । ‘हामीले पहिलो चरणमा बाइक सेयरीङबाटै सेवा सुरु गरेका छौं’, कम्पनीका सञ्चालक विप्लव गौतमले भने, ‘विस्तारै ट्याक्सी हुँदै तराईमा चल्ने कालो अटोसम्मलाई जोड्ने योजना छ ।’

आफूहरुले पठाओ र टुटललाई नपछ्याएको उनी बताउँछन् । ‘पहिलो त, यो व्यवसाय नेपालबाट सुरु भएकै होइन । टुटल-पठाओले पनि विदेशमा रहेका ‘उबर’, ‘ग्य्राव’ लगायतका राइड सेयरिङ एपको अवधारणामा काम सुरु गरेका थिए । त्यस्तै अनुभव हामीले पनि दिन खोजेका हौं, ‘गौतम भन्छन्, ‘टुटल तथा पठाओले दिने र हामीले दिने सेवा एउटै हो, विजनेश एउटै हो, तर प्रयोगकर्ताको हिसाबले हूप चलाउँदा केही फरक त पक्कै पाइने छ ।’

प्रयोगकर्ताले टुटलको अनुभव आफ्नै किसिमले लिएका छन् । पठाओमा छुट्टै अनुभव छ । अब हूपबाट पनि नयाँ अनुभव ग्राहकले पाउने अपेक्षा गर्न सकिन्छ । तर त्ययसभन्दा बढी टुटल र पठाओको विकल्पम नयाँ सेवाप्रदायक थपिएको छ । जसले यो सेवालाई प्रतिस्पर्धात्मक रुपमा थप स्तरोन्नती गर्ने विश्वास लिइएको छ ।

प्रयोगकर्ताको लागि समय अनुसार विभिन्न योजना ल्याउने हूपले जनाएको छ । मंगलबार निःशुल्क रुपमा सेवा दिएर हूपको सुरुवात भएको हो । बुधबार क्रिसमसको दिन न्युनतम शूल्क छुट दिइएको थियो । यस्तै किसिमका अफर र योजनाहरु ल्याउने सञ्चलक गौतमको भनाई छ ।

‘यसको उदेश्य ग्राहकको सहजता नै हो । सुरक्षाको हिसाबले पनि हामी अघि छौं,’ उनी भन्छन्, ‘अन्य सेवा प्रदायकबाट प्रयोगकर्ताको फोन नम्बर बाहिरिएको छ । जसबाट ती फोन नम्बरको दुरुपयोग भएको घटनाहरु पनि सुन्नमा आइरहेका छन् । त्यसलाई मध्यनजर गरेर हामीले प्रगोगकर्ताको फोन नम्बर नै नदेखाउने सिस्टम ल्याएका छाै‌ं । नम्बर नदेखाई कल हुने सिस्टमका साथै ईन एप म्यासेजिङ सिस्टम पनि रहेकाे छ ।’

यसले प्रयोगकर्ताको सुरक्षालाई पनि मद्दत पुर्‍याउने उनको दाबी छ । कम्पनीले सेवा सुरु गर्दा पठाओ, टुटलका ड्राइभरहरुसँग उनिहरुले अनुभव समेत लिएको थियो । उनिहरुको राय तथा सुझावका आधारमा सेवालाई परिस्कृत गर्ने काम हूपले गरेको बताइएको छ । यसमा न्युनतम भाडा २५ रुपैयाँ तोकिएको छ, भने त्यसपछि प्रत्येक किलोमिटरको १५ रुपैयाँ लाग्ने छ ।

हूपराइडका लागि यात्रुहरुले यहाँ तथा बाइकरहरुले यहाँ क्लिक गरी एप डाउनलोड गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१