close

इन्टरनेट कम्पनी खोल्ने व्यवस्था कसिलो पारिँदै !

टेकपाना टेकपाना

पुस १०, २०७६ १२:४८

इन्टरनेट कम्पनी खोल्ने व्यवस्था कसिलो पारिँदै !

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन सम्बन्धी नयाँ विनियमावलीको तयारीमा जुटेको छ । विनियमावलीको मस्यौदा तयार पारि लागू गर्नु अघि नियामकले सरोकारवाला निकायबाट राय, सुझाव तथा प्रतिक्रियाको लागि परामर्शपत्र सार्वजनिक गरेको छ ।

प्राधिरकणले तयार पारेको विनियमावली मस्यौदामा उल्लेख भएअनुसार इन्टरनेट कम्पनी सञ्चालनका लागि २० प्रतिशत स्वदेशी लगानी अनीवार्य हुनैपर्ने छ । विदेशी लगानी भएको खण्डमा प्राधिकरणलाई जानकारी गराउनु पर्ने र विदेशी लगानी सहितको कम्पनीमा स्वदेशीको कम्तीमा २० प्रतिशत लगानी हुनुपर्ने विनियमावलीको मस्यौदामा उल्लेख छ । यस अघि यो व्यवस्था दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुको हकमा मात्र लागु थियो ।

विनियमावलीले इन्टरनेट सेवा प्रदायकको नाममा च्याउसरी कम्पनी खोल्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्न खोजेको छ । इन्टरनेट तथा इमेल सेवा संचालनका लागि न्यूनतम चुक्ता पूँजी नै १ करोड रुपैयाँ हुनुपर्ने प्रावधान राख्ने प्राधिकरणको तयारी छ ।

त्यतीमात्रै नभएर सेवा सञ्चालन गर्न चाहने कम्पनी वा व्यक्तिहरुले सेवा सञ्चालन गरेको पहिलो वर्षदेखि ५ वर्षसम्मको कुल अनुमानित आय, कुल अनुमानित खर्च र कुल अनुमानित नाफा नोक्सानको प्रक्षेपण समेत बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

अर्यालका अनुसार प्राधिकरणले यसअघि इन्टरनेट तथा इमेल सेवा सञ्चालनको अनुमति निर्देशिकाका आधारमा यो क्षेत्रको नियमन गर्दै आएको थियो । अब भने विनियमावली मै त्यस्तो विषय समेट्नै तयारी भएको हो ।

यसअघि आवश्यकता अनुसार विभिन्न निर्देशिका जारि गर्दै नियमन गर्ने गरिएको थियो । त्यी सबैलाई एकै ठाउँमा जोडर ऐनमा उल्लेखभएअनुसार विनियमावलीमा परिमार्जन गर्ने तयारी गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१