close

चितवनदेखि कपिलवस्तु ब्रोडब्याण्ड विस्तार परियोजनाकाे प्रक्रिया रद्द

टेकपाना टेकपाना

पुस १०, २०७६ १८:५६

चितवनदेखि कपिलवस्तु ब्रोडब्याण्ड विस्तार परियोजनाकाे प्रक्रिया रद्द

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले १८ प्याकेजको ब्रोडब्याण्ड विस्तार परियोजना मध्ये एउटा प्याकेजको परियोजना आवेदन मूल्यांकनकै क्रममा रद्द गरेको छ । आवेदन दिएका कुनै कम्पनी पनि योग्य नभएपछि मूल्यांकन चरणबाटै परियोजना रद्द गरिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा ब्रोडब्याण्ड विस्तार गर्ने प्याकेजको आवेदन प्रक्रिया रद्द गरिएको छ । प्राधिकरणले रद्द गरेको यो प्याकेजको नयाँ बोलपत्र भोली नै आह्वान गर्ने उनको भनाई छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजनाको हालसम्म ५१ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

उक्त परियोजना अन्तर्गत देशका विभिन्न स्थानीय तहका कार्यलयहरु, विद्यालय, स्वास्थ चौकीहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरिएको छ । उक्त परियोजनाको बोलपत्रमा वल्र्डलिंक, सुबिसु, भायनेट, टेक माइण्ड्स र क्लासिक टेकले ठेक्काका लागि प्रस्ताव गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१