२०७९, ४ भाद्र शनिबार   |  
Saturday 20th August 2022

१ महिनामा प्राधिकरणको इन्टरनेट ‘स्पिड’ नाप्ने एप आउँदै

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको ‘स्पिड’ नाप्न छुट्टै एप बनाउने भएको छ । मोबाइल तथा फिक्स्डलाइन इन्टरनेटको गुणस्तर सहित स्पिड नाप्न सकिने गरी निर्माण भइरहको एप अबको एक महिनामै परीक्षण गरिने भएको हो ।

प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्टका अनुसार अबको एक महिनाभीत्रै एप परीक्षणमा लैजाने गरी काम भइरहेको जानकारी दिए । ‘यस अवधिमा एप बेटा भर्सनमा उपलब्ध हुनेछ,’ उनले भने । 

प्राधिकरणले एप निर्माण गर्ने जिम्मा निरेखा नामक कम्पनीलाई दिएको छ । प्रयोगकर्ताले एपको प्रयोग मार्फत इन्टरनेटको स्पिड जाँच्न सक्नेछन् । बजारमा थुप्रै स्पिड टेस्टर एप तथा सफ्टवेयरहरु भए पनि यो एप चाहिँ नेपालको इन्टरनेट नियमनको आधिकारिक एप हुनेछ । 

यसको प्रयोग  गरी इन्टरनेटको स्पिडका साथै सेवा प्रदायकको नाम, इन्टरनेट जोडिएको ठेगाना, लेटेन्सी, डाउनलोड तथा अपलोड स्पिड, डाउनलोड तथा अपलोड सफलताको दर, ब्राउजिङमा हुने ढिलाई लगायतको जानकारी लिन सकिने उपनिर्देशक श्रेष्ठले जानकारी दिए । ‘एपले संकलन गरेको डाटा सोझै प्राधिकरणको सर्भरमा समेत जम्मा भएर बस्नेछ,’ उनले भने, ‘तर, यसमा ग्राहकको निजी विवरण भने संकलन गरिने छैन,’ उनले भने । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team