close

एन्ड्रोइड ११ मा नयाँ के आउला ?

टेकपाना टेकपाना

पुस ११, २०७६ १७:५३

एन्ड्रोइड ११ मा नयाँ के आउला ?

स्मार्टफोनमा फोटोग्राफीका लागि २०२० निकै महत्वपुर्ण वर्ष रहने अपेक्षा गरिएको । फोटोका सेन्सरहरु थप सुधार हुनेछन्, तस्विरको गुणस्तर बृद्धि हुनेछ र एआई फोटोग्राफीका नयाँ उपायहरु विकास हुने सम्भावना छ । तर भिडियो रेकर्डिङका लागि होला ?

एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट गेरिटको व्याख्या अनुसार गुगलले एन्ड्रोइडको मिडिया क्लासेसलाई ‘युज (ए) ६४ बिट अफसेट इन एमपीईजी फोर राइटर’ मा अपडेट गर्दैछ । यसले एन्ड्रोइडलाई चार जीबीभन्दा ठूला फाईल तयार पार्न सहयोग गर्नेछ ।

यसको अर्थ एन्ड्रोइडको निर्माता गुगलले भिन्न फाइलहरुमा नअलग्याएरै ठूला भिडियोहरु रेकर्ड गर्ने सुविधा दिनेछ । लामो समयसम्म एन्ड्रोइडले भिडियोको अधिकतम आकारलाई चार जीबीसम्म सीमित गरेको थियो ।
त्यस समय नेक्सस फाइभको अधिकतम आन्तरिक स्टोरेज ३२ जीबीसम्म थियो ।

तर अहिले समय परिवर्तन भईसकेको छ । कतिपय स्मार्टफोनहरुले एक टीबीसम्मको स्टोरेज प्रदान गर्दै आईरहेका छन् । एन्ड्रोइडको अहिलेको सीमिततामा एमपी फोर फाइलमा चार जीबीसम्मको फुटेजमात्र राख्न सकिन्छ ।

यदि त्यो भन्दा धेरै आकार हुने गरी रेकर्ड गर्नुपर्ने अवस्थामा धेरै फाइल सिर्जना गर्छ । यदि तपाई एउटै फाइलमा ठूलो साइजको फुटेज रेकर्ड गर्न चाहानुहुन्छ भने कमजोर गुणस्तरका लागि सम्झौता गर्नैपर्छ । उदाहरणका लागि फोरकेको सट्टा १०८० पी बनिदिन्छ ।

२०१९ मा सार्वजनिक भएका सबै फ्ल्यागसिप स्मार्टफोनहरुले फोरके भिडियोलाई सपोर्ट गर्छन् । २०२० मा ग्यालेक्सी ११ सिरिज लगायततका फोनहरुले एटके रेजोलुसनलाई सपोर्ट गर्ने अपेक्षा गरिएको छ । यस बाहेक अहिलेसम्म एन्ड्रोइड ११ मा आउने फिचरहरुका बारेमा धेरै सुनिएको छैन ।

त्यसमा केही सामान्य अन्य फिचर तथा स्क्रोलिङ स्क्रिनसट सपोर्ट रहनेछ । गुगलले एन्ड्रोइड ११ को बेटा भर्सन २०२० को मार्च आसपासमा सार्वजनिक गर्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१