close

भारतमा इन्टरनेट बन्द हुदा हरेक घन्टा चार करोड गुम्दै

टेकपाना टेकपाना

पुस १२, २०७६ १०:११

भारतमा इन्टरनेट बन्द हुदा हरेक घन्टा चार करोड गुम्दै

भारतमा जारी आन्दोलनका कारण सरकारले विभिन्न ठाउँमा ईन्टरनेट बन्द गराउदा अर्थतन्त्रमा हरेक घन्टा करिब ४ करोड रुपैयाँ गुमाउनुपरेको छ । भारतीय मोबाइल सेवा प्रदायकको संस्था सेलुलर अपरेटर्स एसोसिएसन अफ इन्डिया (सीओएआई) ले इन्टरनेट सेवा बन्द गराउने निर्णयले ठूलो क्षति भएको पत्र सरकारलाई लेखेको हो ।

आर्थिक वृद्धिदरमा पनि गिरावट बेहोरिरहेको भारतलाई यो निर्णयले थप संकटमा पारेको छ । सिओएआईका अनुसार इन्टरनेटमा आधारित सेवा बढ्दै गएको तर इन्टरनेट बन्द गराउने निर्णयले गर्दा सन् २०१९ को अवधिभर अर्थतन्त्रले हरेक घन्टा ४ करोडको आम्दानी गिरावटको समस्या भोग्नुपरेको हो ।

सिओएआईका सचिव राजन म्याथ्युले आन्दोलन हुनासाथ इन्टरनेट बन्द गराउने सरकारको नीतिले अर्थतन्त्रमा पुगेको क्षतिबारे ध्यान नदिएको बताए । सरकारले इन्टरनेट बन्द गराउँदाको क्षति मूल्याकंन गर्नुपर्ने उनको सुझाव छ । कस्मिर आन्दोलनपछि भारतले इन्टरनेट बन्द गराउने काम सुरु गरेको थियो । त्यसयता यो वर्षभर मात्रै एक सयओटा त्यस्ता निर्णय भएको सिओएआईले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१