close

वैदेशिक रोजगार कल्याणकारी कोषको शूल्क अब डिजिटल वालेट बाटै

टेकपाना टेकपाना

पुस १३, २०७६ ११:२९

वैदेशिक रोजगार कल्याणकारी कोषको शूल्क अब डिजिटल वालेट बाटै

वैदेशिक रोजगारीमा जाने कामदारले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अब डिजिटल वालेटबाटै तिर्न सकिने भएको छ । वैदेशिक रोजगार बोर्डले अनलाइनबाटै कोषको शूल्क बुझाउन सकिने व्यवस्थाका लागि आवश्यक तयारी थालेको हो ।

बोर्डको सचिवालयले कल्याणकारी कोषको रकम भुक्तानी प्रकृयामा जोडिन चाहने भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायसँग निवेदन माग गरेको छ । सचिवालयले वैदेशिक रोजगारीमा जाने कामदारले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम शून्य लागतमा अनलाईन (वालेट/एप्स) मार्फत भुक्तानी गर्न इच्छुक सेवा प्रदायसँग निवेदन माग गरेको हो ।

यसका लागि अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त संस्था हुनुपर्ने बोर्डले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१