close

फेसबुक-ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने व्यवस्था सहित आईटी विधेयक पारित

टेकपाना टेकपाना

पुस १३, २०७६ १३:५९

फेसबुक-ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने व्यवस्था सहित आईटी विधेयक पारित

लामो समयदेखि संसदको विकास तथा प्रविधि समतिमा छलफलमा रहेको सूचना तथा प्रविधि विधेयक पारित भएको छ । आईतबार बसेको समितिको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधेयकमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने लगायतका व्यवस्थाहरु राखिएको छ । लामो समयदेखि छलफलमा रहेको उक्त विधेयकमाथि आईतबार पनि सर्वसम्मत बन्न नसकेपछि समितिकी सभापति कल्याणी खड्काले संसद नियमावालीको १८१ को दफाका आधारमा भोटिङ गराएर विधेयक पास गराएकी हुन् ।

समितिमा उपस्थित सांसदहरुमध्ये पक्षमा ११ जना रहेका थिए भने विपक्षमा ४ जनाले हात उठाएका थिए । समितिको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल प्रसाद बाँस्कोटाले विधेयकमा सरकारले पेश गरेका ३६ ओटा बुँदामा संसोधन भएको बताए । बाँकी आठओटा संसोधन फरक मतबाट गरिएको छ । समितिबाट पारित विधेयक अब पूर्ण संसदबाट पारित भएमा ऐनको रुपमा कार्यान्वनयमा आउनेछ ।

मन्त्री बाँस्काेटाले सामाजिक सञ्जालमार्फत् साइबर बुलिङ धेरै भएको भन्दै विधेयकको बचाउ गर्दै सामाजिक सञ्जाललाई जिम्मेवार बनाउन आवश्यक रहेकाे बताए । ‘कतिपय देशमा सामाजिक सञ्जाल हाइड्रोजन बम जस्तै सावित भएकाे छ’ उनले भने, ‘त्यसैले सामाजिक सञ्जाल सञ्चालनका लागि नेपालमा कम्पनी दर्ता गर्नुपर्ने बनाईएकाे हाे ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१