close

म्यासेन्जरमा यस्तो म्यासेज आयो ? नखोल्नुहोला, भाइरस हुन सक्छ

टेकपाना टेकपाना

पुस १३, २०७६ २०:५४

म्यासेन्जरमा यस्तो म्यासेज आयो ? नखोल्नुहोला, भाइरस हुन सक्छ

फेसबुक म्यासेन्जरमा २०२० को शुभकामना जस्तो देखिने म्यासेज पाउनु भयो भने ख्याल गर्नुहोला । ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ लेखिएको त्यस्तो म्यासेजको पछाडी लेखिएको छ ‘ओपन दिस’ ।

तर, त्यो म्यासेज नखोल्नुहोला । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् । झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ (आफसेआफ जाने म्यासेज) गइरहेको हुन्छ ।

यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनधिकृत पहुँच राख्न सक्छ । त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस् । बरु समयमै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन । यदी झुक्किएर लिङ्क क्लिक गरिसक्नु भएको छ भने जतिसक्दो चाँडो आफ्नो फेसबुक तथा म्यासेन्जरको पासवर्ड वरिवर्तन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१