close

नयाँ वर्षमा भायनेटको इन्टरनेट जोड्दा जडान शूल्क छूट, १ वर्षसम्म नेटटीभी फ्री

टेकपाना टेकपाना

पुस १४, २०७६ ९:४३

नयाँ वर्षमा भायनेटको इन्टरनेट जोड्दा जडान शूल्क छूट, १ वर्षसम्म नेटटीभी फ्री

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले अङ्ग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले एक वर्षको इन्टरनेट जडान गर्ने ग्राहकलाई जडान शूल्क वापतको एक हजार रुपैयाँ छूटसँगै एक वर्षसम्म नेट टीभी निःशूल्क रुपमा दिने भएको हो ।

ट्रिपल ट्वान्टी नाम दिइएको यो अफर जनवरी १४ अर्थात २९ पुषसम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ । अफरअनुसार २० एमबीपीएस गति भएको एक वर्षको इन्टरनेट प्याकेजको मूल्य केवल ११ हजार चार सय रुपैयाँ मात्र राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१