close

घरमै केक चाहियो ? ‘योर कोसेली’ लाई सम्झिनुहोस्

टेकपाना टेकपाना

पुस १४, २०७६ १४:२

घरमै केक चाहियो ? ‘योर कोसेली’ लाई सम्झिनुहोस्

पछिल्लो समय आफ्ना आफन्त र साथिभाईलाई उनिहरुको विशेष दिनमा उपहार दिने प्रचलन बढ्दै गएको छ । त्यसमा पनि जन्म दिन वा एनेभर्सरी जस्ता विशेष दिनमा त झन् केक नभई नहुने जस्तो रुपमा लिन थालिएको छ ।

त्यसैलाई मध्यनजर गर्दै ‘योर कोसेली’ ले केकको होम डेलिभरी सेवा सुरु गरेको छ । कोसेलीले विभिन्न स्वाद र डिजाइन सहितको केकका लागि अनलाइन सेवा दिन थालेको हो । यसबाट जन्मदिन, बुवा/आमाको मुख हेर्ने दिन, विवाह, वार्षिक उत्सव, बेबि सावर, तथा ब्याचलर्स पार्टी जुनसुकै अवसरमा ग्राहकले अनलाइन तथा फोनबाट सम्पर्क गरी आफूलाई मनपर्ने डिजाइन सहित चाहिएको समय र स्थानमा केक मगाउन सकिन्छ।

योर कोसेलीले ग्राहकलाई खुशीयालीको मर्म र चाहना अनुसारको केक डिजाइन गरेर डेलिभरी गर्छ । त्यति मात्रै नभएर, केकमा सम्बन्धित व्यक्तिको फोटो समेत सजाउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले अर्डर गरेको तीन घण्टा भित्र केक तोकिएको स्थानमा पुग्नेछ ।

योर कोसेलीले बिहान ११ देखि बेलुकी सात बजेसम्म यो सेवा प्रदान गर्दै आइरहेको छ । योर कोसेलीसँग ६ सय रुपैयाँदेखि १२ सय ५० रुपैयाँसम्मका केकहरु रहेका छन् । डेलिभरी वापत थोरै शूल्क ग्राहकले व्यहाेर्नु चाहिँ पर्छ । भुक्तानीका लागि भने पेपाल, मास्टरकार्ड पेमेन्ट, ईसेवा जस्ता विकल्पका साथै नगदको सुविधा समेत दिइएको छ ।

कोसेलीले केकसँगै केक काट्ने छुरी, क्याण्डल, स्नो, ब्लास्टर लगायतका आवश्यक सामाग्रीहरु समेत उपलब्ध गराउँछ । कम्पनीले तीन पटकभन्दा धेरै केक अर्डर गर्ने ग्राहकलाई विशेष छूट कुपनको व्यवस्था समेत गरेको छ ।

मोबाइल नम्बर ९८६०२९१४५५ मा कल गरेर तथा यही नम्बरमा ह्वाट्सएप र भाइबर मार्फत सम्पर्क गरेर अनि वेबसाइटमार्फत सोझै कोसेली अर्डर गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१