close

भिजिट नेपालको ईकमर्स पार्टनरमा रिचार्जर

टेकपाना टेकपाना

पुस १४, २०७६ १८:५४

भिजिट नेपालको ईकमर्स पार्टनरमा रिचार्जर

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न मोबाइल एप ‘रिचार्जर’ र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबिच सम्झौता भएको छ । अनलाइन प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने गरी द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा रिचार्जरको तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर र सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यवसायिक अभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नेछ । त्यसका लागि रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना समेत गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१