close

अम्बानीले सुरुगरे जियोमार्ट, अमेजनकाे फ्लिपकार्टलाई चुनौती

टेकपाना टेकपाना

पुस १५, २०७६ १५:५१

अम्बानीले सुरुगरे जियोमार्ट, अमेजनकाे फ्लिपकार्टलाई चुनौती

विश्वका दुई ख्यातीप्राप्त कम्पनी अमेजन र वालमार्टको स्वामित्व रहेको फ्लिपकार्टले अर्बौं खर्च गरेर भारतीय खुद्रा बजारमा आफ्नो स्थान बनाउँदै छ। नियामक जटिलताहरुलाई चिरेर अघि बढेको फ्लिपकार्टका अगाडी अब फेरि अर्को नयाँ चुनौती थपिएको छ । त्यो पनि एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति, मुकेश अम्बानीकाे ।

अम्बानीको रियलायन्स इन्डस्ट्रिजका दुई सब्सीडेरी कम्पनीहरु रियलायन्स रिटेल र रियलायन्स जियोले जियोमार्टको सफ्ट लन्च गरेको छ । यो नयाँ ई-कमर्श भेन्चर महाराष्ट्र राज्यका विभिन्न स्टोरहरु नाभी मुम्बाई, कयान र थानी जस्ता ठाउँहरुमा खोलिने बताइएको छ ।

अम्बानीको यो नयाँ भेन्चरलाई ‘देशको नयाँ पसल’ नाम दिएर हाल बजारीकरण गरिरहेको छ । यसमा अहिले ५० हजार ग्रोसरी आईटमको क्याटलग राखिएको छ । यो नयाँ ई-कमर्श भेन्चरले निशूल्क तथा चाढो डेलिभरी गराउने बताएको छ ।

रियलायन्स जियोका प्रयोगकर्ताहरुलाई ईमेल मार्फत रियलायन्सको जोइन्ट भेन्चर्सले आगामी महिनाहरुमा देशका विभिन्न भागहरुमा यो इकमर्श सेवालाई विस्तार गर्ने उल्लेख छ । साथै उक्त जोइन्ट भेन्चरले जियोका सब्सक्राइबर्सलाई जियोमार्टमा इन्ट्रोडक्टरी अफर दिने भएको छ ।

मुकेश अम्बानीले देशभरीका करोडौं स्टोर ओनर तथा खुद्रा पसलेहरुलाई सेवा दिने बताएको केही महिनापछि उनको यो जोइन्ट भेन्चरको जियो मार्टको सफ्ट लन्च भएको हो । भर्खरै अमेजन तथा फ्लिपकार्टलाई प्रभावित पार्ने गरी कानुनी चुनौतीको घोषण गरेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा अम्बानीले भनेका थिए,‘महात्मा गान्धीले जसरी भारतमा राजनीतिक विस्तारबादको विरुद्ध अभियान चलाए त्यसरी नै हामीले पनि डेटाको विस्तारवादविरुद्ध संयुक्तरुपमा नयाँ अभियानको थालनी गर्नुपर्छ । यो डेटा केन्द्रित क्रान्तिमा हामीले हाम्रो भारतको डेटाको नियन्त्रण र स्वामित्वलाई भारतमा नै फिर्ता ल्याउनुपर्छ । अर्को शब्दमा भन्दा भारतको सम्पत्ति भारतमा नै फिर्ता हुन पर्छ ।’

यससँगै विश्वव्यापि ब्राण्ड बनाएको अमेजन र वालमार्टको संयुक्त भेन्चरलाई चुनौती दिनसक्ने भारतमा अम्बानी मात्र रहेको विश्लेषकहरुको ठम्याई छ । अमेजन फ्लिपकार्टले आफ्नो व्यवसायलाई भारतीयहरु माझ थप आकर्षक बनाउन उसले विभिन्न अफरहरु ल्याएको थियो । दुबै प्लेटफर्मले रिटेल फुडको सेवा दिदैँ आएको छ ।

भारतका धेरै रिटेलरहरुमा अमेजनले शेयर लिएको छ । उसले भारतको सबैभन्दा दोस्रो ठूलो रिटेल चेन फ्युचर रिटेल्स फ्युचर कुपन,इन्डियन सुपरमार्केट चेन,डिपार्टमेन्ट स्टोर चेन सपर्स सपको शेयर पनि खरिद गरेको छ । फ्लिपकार्टले धेरैओटा लजिस्टिक स्टार्टअप स्याडोफ्याक्स तथा निन्जाकार्टमा पनि लगानी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१