close

एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर, बाँकीमा किस्ताबन्दीको सुविधा दिन माग

टेकपाना टेकपाना

पुस १५, २०७६ १६:१२

एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर, बाँकीमा किस्ताबन्दीको सुविधा दिन माग

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ मंगलबार बुझाएको छ । सरकारले निर्धारण गरेको २२ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब ५० करोड बुझाएर बाँकीको लागि किस्ताबन्दीको सुविधा माग गरेको ठूला करदाता कार्यालयले जनाएको छ ।

यसअघि ठुला करदाताकार्यलयले १५ दिनभित्र कर तिर्न भन्दै एनसेललाई पत्र पठाएको थियो । तोकिएको समयभन्दा पाँचदिन अघि नै एनसेलले ४ अर्ब ५० करोड बुझाएको कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताएका छन् । उनका अनुसार, बाँकी रकम तिर्न एसेलले किस्ताबन्दीको सुविधा पनि मागेको छ ।

एनसेललाई किस्ताबन्दीको सुविधा दिने नदिने निर्णय भने भइनसकेको उनले बताए । उनका अनुसार आयकर ऐनको दफा ११० अनुसार एनसेलले किस्ताबन्दीको सुविधा मागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१