२०७९, १ भाद्र बुधबार   |  
Wednesday 17th August 2022

एनसेलको नयाँ वर्ष अफर, दुई सय २७ रुपैयाँमै एक महिनाकाे डेटा प्याक

नयाँ वर्षको दिन एनसेलले ग्राहकलाई बम्पर उपहार प्रदान गर्ने भएको छ । कम्पनीले ग्राहकलाई ५० प्रतिशत छुटमा मासिक डेटा प्याक दिने भएको हो ।

जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याक खरिद गर्न सक्नेछन् । यो अफर बुधबार एकदिनको लागि मात्रै लागु गरिएको छ । एनसेलका ग्राहकले बुधबार बिहान १२:०० बजे देखि मध्यरात ११:५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत ग्राहकले कर सहित एक हजार २०.२४ रुपैंया पर्ने १६ जिबी प्याक अब पाँच सय १०.१२ रुपैंयामा सुचारु गर्न सक्नेछन् । त्यस्तै यसअघि चार सय ५३.३० रुपैयाँ पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित अब दुई सय २६.६५ रुपैयाँमा सुचारु गर्न सकिने छ ।

यसका लागि ग्राहकले *७१२३*५०# डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team