close

एनसेलको पोष्टपेड ग्राहक घटे, आम्दानी बढ्यो

टेकपाना टेकपाना

असोज १, २०७६ २२:१५

एनसेलको पोष्टपेड ग्राहक घटे, आम्दानी बढ्यो

एनसेलको पोष्टपेड ग्राहकको संख्यामा पछिल्लो समय कमी आएको छ । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१९ को दोस्रो चौमासिकको आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार एनसेलको पोष्टपेड ग्राहक घटेका छन् ।

अघिल्लो चौमासिकमा दुई लाख ४८ हजार पोष्टपेड प्रयोगकर्ता रहेकोमा यस चौमासिकमा २२ हजारको हाराहारीमा प्रयोगकर्ता छन् । यो क्रम पछिल्लो दुई वर्षबाटै भइरहेको देखिन्छ । सन् २०१६ को चौथो त्रैमासिकबाटै एनसेलको पोष्टपेड ग्राहक निरन्तर रुपमा घटिरहेका छन ।

सन् २०१६ को चौथो त्रैमासिकबाटै एनसेलको पोष्टपेड ग्राहक निरन्तर रुपमा घटिरहेको छ ।

एकातिर एनसेलको पोष्टपेड प्रयोगकर्ता घटेको भएतापनि त्यसबाट हुने आम्दानीमा भने निरन्तर रुपमा वृद्धि भइरहेको छ । पहिलो चौमासिकमा ५० करोड भन्दा बढी आम्दानी गरेकोमा दोस्रो चौमासीएकमा त्यो आम्दानी बढेर ५५ करोड पुगेको छ । सँगै एनसेलको प्रीपेड मोवाइल प्रयोगकर्ताको संख्या निरन्तर रुपमा बढी रहेको छ । हाल एनसेलको प्रिपेड मोवाइल प्रयोगकर्ताको संख्या एक करोड ६३ लाख ३९ हजार भन्दा बढी रहेका छन् ।

त्यस्तै डाटा तर्फपनि एनसेलले निरन्तर सफलता हात पारि रहेको छ । एनसेलको कुल सीम प्रयोगकर्ता मध्य ४८.४ प्रतिशतले मोवाइल डाटा प्रयोग गर्न गरेको उल्लेख गरिएको छ । अघिल्लो चौमासिकमा ४७.३ प्रतिशत रहेको थियो । एनसेलको औसत प्रति ग्राहक आम्दानीमा भने वृद्धि भएको देखिएको छ । कम्पनीले सन् २०१९ को पहिलो चौमासिकको रु दुई सय ७२ प्रति ग्राहक आम्दानीको तुलनामा दोस्रो चौमासिकमा प्रति ग्राहक दुई सय ८६ रुपैंया आम्दानी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३