close

वर्ल्डलिंकजस्तै मुकेश अम्बानीले पनि बाँड्दैछन् सित्तैमा टेलिभिजन !

टेकपाना टेकपाना

असोज १, २०७६ १३:५६

वर्ल्डलिंकजस्तै मुकेश अम्बानीले पनि बाँड्दैछन् सित्तैमा टेलिभिजन !

भारतकै सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका मुकेश अम्बानीले आफ्ना इन्टरनेट प्रयोगकर्तालाई सित्तैमा फोरके टेलिभिजन उपलब्ध गराउने भएका छन् ।

यसअघि ‘रिलायन्स जियो’ ब्रान्डमा निःशूल्क ब्रोडब्यान्ड उपलब्ध गराएर भारतीय इन्टरनेट बजारमा उथलपुथल ल्याएका अम्बानीले यो नयाँ रणनीति सार्वजनिक गरेका हुन् । नयाँ योजनाअनुसार रिलायन्स जियोका ब्रोडब्यान्ड प्रयोगकर्ताले प्याकेज अनुसार टेलिभिजन पाउने छन् ।

यसका लागि ग्राहकले कम्तिमा १५ हजार ५८८ भारुको बार्षिक प्याकेज भने खरिद गर्नुपर्नेछ । यो प्याकेजमा पनि ग्राहकले नेटफ्ल्क्सि र एमेजनको प्राइम भिडियो थप सुविधाका रुपमा पाउनेछन् । टेलिभिजन उपलब्ध गराउने योजनालाई कम्पनीले जियोफाइबर नाम दिएको छ ।

यो प्याकेज प्रतिमहिना न्यूतम ६ सय ९९ भारुबाट सुरु हुन्छ । इन्टरनेटको पहुँच बाहिर रहेका भारतीय परिवारलाई उच्च गतिको इन्टरनेट पुर्याउन नयाँ योजना प्रभावकारी हुने अपेक्षा कम्पनीको छ । अम्बानीको रिलायन्स जियोले सन् २०१६ मा एक गिगाबाईट मोबाइल डेटाको मूल्य २ सय ६ भारुबाट १२ रुपियाँमा झारेको थियो ।

यो योजनाले कम्पनीलाई इन्टरनेट ग्राहक बढाउन निकै सहयोग पुर्याएको थियो । यद्यपि भारतमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या समग्र जनसङ्ख्याको तुलनामा भने कम छ । ७० करोड भारतीय जनता ईन्टरनेको पहुँच बाहिर छन् । जियो एक्लैको ग्राहक सङ्ख्या ३४ करोड पुगेको छ ।

नेपालमा पनि इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्कले बार्षिक २६ हजार रुपियाँ प्याकेजमा इन्टरनेट जडान गर्दा ३२ ईञ्चको सीजी स्मार्ट टेलिभिजन निःशुल्क उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३