close

संविधान दिवसमा टेलिकमको अफर

टेकपाना टेकपाना

असोज १, २०७६ २२:०

संविधान दिवसमा टेलिकमको अफर

संविधान दिवसकाे अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । नयाँ अफर अन्तर्गत ग्राहकले एकसय रुपैयाँमा तीन जिबी डेटा प्याक खरिद गर्नसक्ने छन् ।

यो डाटा प्याकेज लिनका लागि निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा तीन जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यो सुविधा बुधबार देखि १५ असाेजसम्म उपलब्ध हुनेछ ।

यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो अफरकाे लाभ लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३