close

भायनेटको दशैंमा छुटको बहार

टेकपाना टेकपाना

असोज १, २०७६ २२:३

भायनेटको दशैंमा छुटको बहार

इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स प्रालिले दशैंलाई लक्षित गरि ‘भायनेट दशैं तिहार टिभी उपहार’नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत भायनेटका ग्राहकले इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेट टिभीको साथ स्काइवर्थ ब्रान्डको ३२ र ४० इन्च टिभी भारी छुटमा प्राप्त गर्नेछन् । इन्टरनेट र टिभीका ग्राहकले ३२ र ४० इन्चको एलईडी टिभी घरमै लैजान सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बार्षिक २५ हजार नौं सय ९० रुपैयाँ भ्याट सहितको मुल्यमा ग्राहकले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभी पाउने छन् । साथमा ३२ इन्चको टिभी पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीले ४० इन्च टिभी र इन्टरनेटको कम्बो प्याक पनि ल्याएको छ ।

बार्षिक ३४ हजार पाँच सय ४५ मुल्यमा ग्राहकले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभीको साथमा ४० इन्च टिभी पाउनेछन् । साथै प्रथम दुई सयजना ग्राहकले थप १४ सय ७५ रुपैंया छुट पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३