close

एफटीटीएचले समेटिएको देशकै एकमात्र गाउँपालिका

टेकपाना टेकपाना

असोज १, २०७६ २१:५७

एफटीटीएचले समेटिएको देशकै एकमात्र गाउँपालिका

देशका प्रमुख सहरकै कतिपय स्थानमा अझै पनि इन्टरनेट सेवा पुग्न सकेको छैन । त्यसमा पनि फाइबर टु दी होम(एफटीटीएच) सेवा त परैको कुरा हो । तर, रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा अहिले एफटीटीएचको सहज पहुँच भइसकेको छ ।

सिंगो गाउँपालिका नै एफटीटीएच सेवाले समेटिएको यो नै पहिलो गाउँपालिका पनि हो । नेपाल टेलिकमले एफटीटीएच सेवालाई गाउँगाउँसम्म विस्तार गर्ने क्रममा पहिलो पटक भगवान गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकालाई समेट्ने गरी सेवा सुरु गरेको हो । उक्त सेवाको सुरुवात यहि भदौं २३ गते सोमबारदेखि भएको हो ।

पूर्व मन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सेवा सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए ।

उनले ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन समेत आग्रह गरेका छन् । त्यस्तै नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले सम्भवतः नेपालमै पहिलो पटक सिंगो गाउँपालिमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि हरेर गाउँपालिकालाई यसरीनै दु्रत गतिको इन्टरनेटले जोड्दै जाने समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३