close

‘खल्ती’ एप पाँच लाख पटक डाउनलोड

टेकपाना टेकपाना

असोज १, २०७६ २१:३४

‘खल्ती’ एप पाँच लाख पटक डाउनलोड

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । सञ्चालनमा आएको दुई बर्षको अवधिमा खल्तीले यो सफलता हात पारेको हो । सन् २०१७ मा सञ्चालनमा आएको मोबाइल वालेट ‘खल्ती’एउटा स्र्टाटअप कम्पनी हो ।

सञ्चालन भएको छोटो अवधिमा यो संख्यामा प्रयोगकर्ताले देखाएको रुची कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । ‘यसले हामीलाई अझ बढी सक्रिय र अझ धेरै सेवा ग्राहकलाई पस्ष्किृत पनि गरेको छ’,मोदीले भने ‘अहिले दैनिक रुपमा दशौं हजार प्रयोगकर्ताले खल्ती वालेटमार्फात पैसा लोड गर्ने गरेका छन् ।’

अझैपनि ग्रामिण भेगमा बिजुलीको महशुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौं रुपैयाँ र र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई बदल्ने अभियानमा आफुहरु मोदीले बताए । त्यतिमात्रै होइन, बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने पनि कम्पनीको उद्देश्य रहेको उनले जानकारी दिए ।

सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आएको खल्ती एप पछिल्लो समय बजारमा रुचाइएको एप अन्र्तगत पर्छ । खल्तीमार्फत हाल मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्न सकिन्छ् ।

त्यतिमात्रै नभएर, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३