close

पार्टटाइम कामका लागि ‘श्रीयोग’

टेकपाना टेकपाना

असोज १, २०७६ २१:३०

पार्टटाइम कामका लागि ‘श्रीयोग’

तपाईं पार्टटाइम काम खोजी रहनु भएको छ ? छ भने, अब श्रियोगले तपाईलाई त्यो अवसर प्रदान गर्ने भएको छ । श्रीयोग कन्सल्टिङ प्रालिले श्रीयोग डट कम नामक वेवसाइटबाट सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले बेरोजगारी समस्याले अलमलिरहेका जनशक्तिमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सृजना गर्ने एउटा माध्ययको निर्माण गरेको जनाएको छ । त्यसका लागि श्रीयोगमा विभिन्न १८ वटा मुख्य समुह, एक सय ५० भन्दा बढी उप–समुह रहेका छन् ।

त्यसमा यदि तपाईलाई पार्टटाइम काम आवश्यक छ भने आफ्नो नाम दर्ता गराउन सक्नु हुनेछ । कम्पनीले पार्टटाइम काम गर्ने वा भनौ केही न केही सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ । सो लिस्ट अन्तर्गत आफूलाई चाहिएको व्यक्ति र उसले दिने सेवालाई फोनमा सम्पर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिनेछ ।

दैनिक जीवनमा अत्यावश्यक काम गर्ने सीपालु व्यक्तिहरू र काम गराउने व्यक्तिहरूलाई भेट गराउन यो माध्यम उपयुक्त छ । यो सेवा अहिले १८ वटा मुख्य समुह अनि एक सय ५० भन्दा बढी उपसमुहमा स्थानको आधारमा प्रदेश, जिल्ला, सहर र ठाँउ (जस्तै उदाहरणका लागि, प्रदेश नं. १ भित्र मोरंग जिल्ला, त्यस भित्र बिराटनगर, अनि त्यसमा पोखरीया भन्ने स्थान), काम गर्ने, या भनौ सेवा दिने व्यक्तिहरुको विवरण राखिने कम्पनीले जनाएको छ ।

त्यस्तो कामदार खोज्ने व्यक्ति र काम लगाउने व्यक्तिलाइ वेबसाइट, मोबाइल एप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम कम्पनीले गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३