close

भीपीएन सुविधा दिंदै मोजिल्ला फायरफक्स

टेकपाना टेकपाना

असोज १, २०७६ २१:२२

भीपीएन सुविधा दिंदै मोजिल्ला फायरफक्स

लोकप्रिय ब्राउजर मोजिल्ला फायरफक्सले अब ब्राउजरमै भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को सुविधा पनि दिने भएको छ । मोजिल्लाले अहिले यसको परीक्षण गरिरहेको छ । अबको केही सातामै फायरफक्सका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउँने छन् ।

भीपीएन विशेषत कुनै ईन्टरनेट सेवा प्रदायकले बन्द गरेको वेबसाइट वा लिंक हेर्न प्रयोग गरिन्छ । साथै, गोपनियताको हिसाबले पनि भीपीएनको प्रयोग बढ्दो छ । नेपाल सरकारले पोर्न साइटहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालमा भीपीएसनको प्रयोग बढ्दो छ ।

ब्राउजरमा हुने भीपीएसन फिचरले प्रयोगकर्तालाई उक्त ब्राउजरबाट हुने गतिविधि सुरक्षित बनाउन सहयोग गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३