close

सार्वजनिक गर्नुअघि बाहिरियो मेट थर्टीको डिजाइन

टेकपाना टेकपाना

असोज १, २०७६ २१:१९

सार्वजनिक गर्नुअघि बाहिरियो मेट थर्टीको डिजाइन

गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि सार्वजनिक हुन लागेको चिनियाँ कम्पनी हुवावेको फ्ल्यागसिप फोन हुवावे मेट थर्टीको डिजाइन बाहिरिएको छ ।

कम्पनीले जर्मनीबाट भोलि बिहीबार सार्वजनिक गर्ने तय भएको डिजाइन लिक भएको हो । ट्वीटरमा मोबाइल सम्बन्धी लिक सार्वजनिक गर्ने इभान ब्लिसले डिजाइन लिक गरेका हुन् । लिक भएको डिजाइन अनुसार मेट थर्टी र थर्टी प्रो मा पछिल्लो भागमा चार वटा क्यामेरा प्रयोग गरिएको छ ।

हुवावेको यो क्यामेराले हाइईन्ड मोबाइल बजारमा एप्पलको आइफोन एलेभेन र सामसङको नोट टेनसँग प्रतिस्पर्धा गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३