close

इन्टरनेटका ग्राहकलाई वर्ल्डलिंकद्धारा ३२ इन्चको टिभी

टेकपाना टेकपाना

असोज १, २०७६ २२:३२

इन्टरनेटका ग्राहकलाई वर्ल्डलिंकद्धारा ३२ इन्चको टिभी

दशैं-तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ ।

यसमा ग्राहकले एक वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र निशुल्क नेट टीभी सेवा २५ हजार ९ सय ९० रुपैंयामा पाउनेछन् । यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटका ग्राहकमा लागु हुनेछ ।

साथै एक, तीन, ६ र १२ महिनाको प्याकेज लिने ग्राहकको लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै वल्र्डलिंकले आफ्ना ग्राहकवर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युबफिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरेको छ ।

यसका साथै सम्पूर्ण नँया तथा नियमित ग्राहकले खल्ती एपमा उपयोग गरी रिचार्ज गर्दा दुइृ सय ५० नगद ब्यालेन्स प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३