close

डिशहोमले ल्यायो दशै अफर

टेकपाना टेकपाना

असोज १, २०७६ २२:४०

डिशहोमले ल्यायो दशै अफर

नेपालको एक मात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले दशै–तीहारलाई लक्षित गर्दै ग्राहकका लागि छुट अफर ल्याएको छ । कम्पनीले डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत् तीन, ६ र १२ महिनाको रिचार्ज गर्दा छुट पाउने अफर ल्याएको हो ।

ग्राहकले सेटटप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत् तीन महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सक्नेछन् । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा छुट पाउनुका साथै प्रयोगमा सहज हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तीन महिनोको रिचार्जमा एक महिना, ६ महिनाको रिचार्जमा दुई महिना र १२ महिनाको रिचार्जमा चार महिनाको लागी आफूलाई मन परेको कुनै एक एड अन प्याकेज छानी प्रयोग गर्न सकिने छ । बार्षिक रिचार्ज गर्दा पहिले ४२ सय रुपैयाँ भएपनि अब ३६ सय मै गर्न पाइने भएको छ।

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३