close

संविधान दिवसमा स्मार्टको डेटा प्याकमा २० प्रतिशत छुट

टेकपाना टेकपाना

असोज २, २०७६ ६:४५

संविधान दिवसमा स्मार्टको डेटा प्याकमा २० प्रतिशत छुट

स्मार्ट टेलिकम प्रालीले संविधान दिवसको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकको चाहानालाई मध्यनजर गर्दै कम्पनीले डेटा प्याकमा २० प्रतिशत छुट दिने भएकाे हाे ।

स्मार्टका प्रयाेगकर्ताले यसअघिकाे शूल्कभन्दा २० प्रतिशत सस्ताेमा डेटा प्रयोग गर्न पाउने छन् । नयाँ योजना अनुसार उपभाेक्ताले एक महिनाको लागि चार जीबी डाटा केवल १५९ रुपैयाँ २० पैसामा प्राप्त गर्न सक्नेछन् ।

सामान्य अवस्थामा स्मार्टका ग्राहकले यहि प्याकेजका लागि प्रति महिना एक सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्थ्याे। कम्पनीका अनुसार यो योजना बिहीबारदेखी दुई हप्तासम्मका लागि लागु हुनेछ । यस योजनामा सहभागी हुनको लागि प्रयोगकर्ताले *141*3*1*4# डायल गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३