close

यी १३ देशमा चल्छ नेपाल टेलिकमको मोवाइल इन्टरनेट

टेकपाना टेकपाना

असोज २, २०७६ १०:३६

यी १३ देशमा चल्छ नेपाल टेलिकमको मोवाइल इन्टरनेट

अब विश्वका विभिन्न १३ देशमा नेपाल टेलिकमको मोवाइल इन्टरनेट(डेटा) प्रयोग गर्न सकिने भएको छ । भदौं २० गतेबाट छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवालाई टेलिकमले अन्य १२ मुलुकमा पनि विस्तार गरेको छ ।

टेलिकमका अनुसार संविधान दिवसको दिनबाट अर्थाथ भोलीबाट यी मुलुकमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ। यो सँगै कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकले चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने भएका छन् ।

साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकले समेत अब भारत र चीन जादाँ यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।

केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशमा पनि विस्तार गर्दै लगिने टेलिकमले जनाएको छ । टेलिकमले बिगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकलाई लक्षित गरि ८७ मुलुकका एक सय ९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३