close

कार्ड देखाएकै भरमा किस्तामा माेबाइल ! त्याे पनि शुन्य ब्याजदरमा ?

टेकपाना टेकपाना

असोज २, २०७६ ११:४२

कार्ड देखाएकै भरमा किस्तामा माेबाइल ! त्याे पनि शुन्य ब्याजदरमा ?


एक रुपैयाँमै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएकोछ ।

न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ । याे ‘बैंकको क्रेडिट कार्ड देखाउनुस, शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस,’ अफरअन्तरगत क्रेडिट प्रयाेगकर्ताले कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य ब्याजदरमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सक्नेछन् । बुधबारदेखि लागू भएको यो अफरआउँदाे ३० कात्तिकसम्म लागू हुनेछ ।

कम्पनीले विशेषगरि बैंकका क्रेडिट कार्ड धनिहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरि यो योजना ल्याएको ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले जानकारी दिए । ‘हामी रु १ मा स्मार्टफोन र मासिक किस्ताबन्दिमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं,” उनले भने ।

ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले अफरअन्तरकाे फाईदा उठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३