close

ईन्टरनेट पहुँचमा नेपाल भारतभन्दा अगाडि

टेकपाना टेकपाना

असोज ३, २०७६ ९:२

ईन्टरनेट पहुँचमा नेपाल भारतभन्दा अगाडि

काठमाडौं – इन्टरनेट पहुँचको आधारमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो स्थानमा परेको छ । ईन्टरनेट वल्र्ड स्ट्याटले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालका कूल जनसंख्याको ५४.१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ ।

सार्कमा नेपाल माल्दिभ्स र बंगलादेशपछि छ । माल्दिभ्समा इन्टरनेटको पुहँच कूल जनसंख्याको ८१.९ प्रतिशत छ । बंगलादेशमा ईन्टरनेटको पहुँच ५७.२ प्रतिशत जनसंख्यामा पुगेको छ ।

सार्क राष्ट्रहरुमध्ये भुटान, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान क्रमशः नेपाल पछि छन् । इन्टरनेट वर्ल्ड स्ट्याटको तथ्याङ्क अनुसार भुटानमा कुल जनसंख्याको ४८.१ प्रतिशत इन्टरनेटको पहुँच छन् । त्यस्तै, भारतमा ४०.९ पाकिस्तानमा ३५.०, श्रीलंकामा ३४.१ र अफगानिस्तानमा १९.७ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

देशको जनसंख्या र त्यसको आधारमा देशमा इन्टरनेटको पहुँचलाई हेर्दा नेपाल तेस्रो स्थानमा देखिएको हो । इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताको संख्याको अधारमा भने नेपाल एक स्थान तल छ ।

सार्क राष्ट्र मध्य इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताको संख्याको अधारमा भारत पहिलो स्थानमा छ । एसियाको कुल जनसंख्यामा इन्टरनेट प्रयोग गर्ने मध्य २४.३ प्रतिशत भारतले ओगटेको छ ।

एसियामा कूल जनसंख्याको ५४ प्रतिशत मानिस इन्टरनेटको पहँुचमा छन् । उक्त ४५ प्रशितलाई सतप्रतिशत मानेर हिसाब गर्ने हो भने भारतले त्यसम २४.३ प्रतिशत ओगटेको छ ।

त्यस्तै, दोस्रोमा बंगलादेश, तेस्रोमा पाकिस्तान र चौथोमा नेपाल छ । बंगलादेश, पाकिस्तान, नेपालको क्रमसः ४.२, ३.१ र ०.७ प्रतिशत योगदान रहेको छ ।

उक्त प्रतिवेदनका अनुसार पछिल्लो पाँच वर्षमा नेपालमो मोवाइल इन्टरनेट प्रयोग गर्नेको संख्या ठूलो मात्रामा बढेको छ । जसको प्रतिफल स्वरुप नेपालको इन्टरनेटको पहुँचमा उल्लेख्य बृद्धि भएको जनाइएको छ । सन् २०२३ सम्म नेपालमा इन्टरनेट प्रयोगकर्ता उल्लेख्य रुपमा बढ्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३