close

मोबाइलमा युट्युब स्लो चल्यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असोज ३, २०७६ २२:४५

मोबाइलमा युट्युब स्लो चल्यो ? यसो गर्नुहोस्

युट्युब पछिल्लो समय स्मार्टफोन प्रयोगकर्ताको समय कटाउने सजिलो माध्यम भएको छ । युट्युबमा दैनिक हजारौंको संख्यामा नयाँ भिडियो अपलोड भइरहेका हुन्छन् । त्यसमा कुनै रमाइलोका लागि त कुनै शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका विभिन्न विषयसँग सम्बन्धित हुन्छन् । त्यसैले पनि युट्युब हेरेर समय विताउनेको संख्या ठुलो छ ।

समय व्यतित गर्न युट्युब उपयुक्त माध्यम भएता पनि कहिले काहिँ भिडियो अड्किने, स्लो हुने र नचल्ने समस्याले प्रयोगकर्तालाई हैरान बनाइरहेको हुन्छ । यदि तपाईले पनि त्यस किसिमको समस्या भोगिरहनु भएको छ भने चिन्ता नलिनुहोस् समाधानको उपाय पनि छ ।


त्यसका लागि तपाईको फोन, डेक्सटप, ट्याबलेेटमा ब्राउजर खोल्नुहोस् । त्यसमा युट्युब खोलेर देब्रे साइडको माथि पट्टी रहेको तीन धर्का भएको मेनुमा क्लिक गर्नुहोस् । स्मार्टफोनमा हो भने हिस्ट्रीमा क्लिक गरि क्लियर ब्राउजिङ डाटा गर्नुहोस् । यदि डेक्सटप चलाइरहनु भएको छ भने, ‘मोर’ टुल्समा क्लिक गरि क्लियर ब्राउजिङ डाटा दबाउनुहोस् । एन्ड्रोइड, म्याक र पीसीका प्रयोगकर्ताले समय सिमा छनोट गरि डेटा हटाउन सक्नुहुनेछ । तर, आईफोन प्रयोगकर्ताले भने यो सुविधा पाउने छैनन् । त्यसपश्चात त्यहाँ देखाइएका अप्सनहरु मध्य ‘कुकिज एण्ड साइड डेटा’ वा ‘केच इमेज एण्ड फाइल’ छनोट गर्नुहोस् । अन्त्यमा क्लियर डेटा गरेर युटुबको भिडियो स्लो हुने समस्या कम गर्न सक्नुहुनेछ ।

तपाईले युट्युवको क्वालिटी परिवर्तन गरेर पनि स्लो हुने समस्याको समधान गर्न सक्नुहुनेछ । त्यसका लागि युट्युब भिडियो खोली भिडियोको दाहिने साइडको माथि कुनामा रहेको तीन प्वाइन्टर गियर आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ दिएको क्वालिटी अप्सनमा क्लिक गरि सबैभन्दा कम क्वालिटी छनोट गर्न सकिनेछ । यसले तपाईको भिडियो रोकिने समस्या बन्द हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३