ई–सेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल) बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै एनआईबीएल बैंकका ग्राहकलेपनि ई–सेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाको सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।
ग्राहकले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् । भने ई–सेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सकिने भएको छ । ई–सेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिने कम्पनीले जनाएको छ ।
क्युआर९त्तच्० कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गर्दै आएको ई–सेवामा हाल ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् । भने क्युआर कोडमा ई–सेवाले आकर्षक क्यासब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ई–सेवामा पैसा लोड गरी सजिलै क्युआर कोड मार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।