वर्ल्डलिंकले भुक्तानीमा खल्तीलाई प्राथमिकता दिने

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले भुक्तानी प्रणालीको लागि खल्तीसँग साझेदारी गर्ने भएको छ ।
वर्ल्डलिंकले खल्तीलाई भुक्तानी सेवा प्रदायकको रुपमा प्राथमिकतामा राख्ने निर्णय भएको सञ्चालक दीलिप अग्रवालले पुष्टि गरे ।
‘हामीले खल्तीलाई भुक्तानी सेवा प्रदायकको रुपमा प्राथमिकतामा राख्ने निर्णय गरेका छौं,’ उनले भने, ‘खल्तीलाई हामीले सहुलियत दिन्छौं ।’
वल्र्डलिंकका उपभोक्ताले खल्ती प्रयोग गरी इन्टरनेट शुल्क भुक्तानी गर्दा कमिसन नलिने सहमति भएको उनले जानकारी दिए ।
भुक्तानी सेवा प्रदायक खल्तीको एन्ड्रोइड एप डाउनलोड यसै साता ५ लाख कटेको छ । पछिल्लाे समय भुक्तानी सेवा प्रदायकको रुपमा ईसेवा, आईएमई पे र खल्तीबीच प्रतिस्पर्धा पेचिलाे बन्दै गएकाे छ ।
३ लाख बढी ग्राहक आधार भएको वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो ।